| पद | माननीय मन्त्री |
|---|---|
| बहाली मिती | २०८२ श्रावण २० |
|
माननीय मन्त्रीज्यूको जीवनी बागमती प्रदेश सरकार खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयका माननीय मन्त्री कृष्ण कुमार तामाङज्यूको जन्म वि. सं. २०४९ साल मंसिर २४ गते सिन्धुपाल्चोक जिल्लाको साबिक थकनी गा.बि.स. वडा नं. ५ हालको मेलम्ची नगरपालिका वडा नं. ४, थकनीमा पिता श्रीमान तामाङ र माता ठूली तामाङको कोखबाट भएको हो। वि. सं. २०७० सालमा उहाँको सपना तामाङ संग विवाह भइ कृष्पा तामाङ र क्रीष्टल तामाङ गरी दुई छोरीहरु रहेका छन्। बाल्यकाल देखिनै उहाँमा समाजसेवाको भाव थियो। कडा परिश्रम गर्नुपर्छ भन्ने र गर्ने बानी हुनुभएका उहाँले सधैँ अनुशासित जीवनशैली आत्मसात् गर्नुभयो। राजनीतिक पृष्ठभूमीः
राजनीति प्रवेश किन र कसरी भयो ? विद्यार्थीकालमा गरौवमय इतिहास भएको नेपाल विद्यार्थी संघले राज्यको प्रतिगामी एवं दमनकारी कदम विरुद्ध खवरदारी, सजग र सचेत गराउन भएका विद्यार्थी आन्दोलन, नेपाली लोकतान्त्रिक आन्दोलन र समाजिक न्यायको क्षेत्रमा गरेको योगदानले बाल चेतनामा राजनीतिले प्रवेश गर्यो। यसरी बुझ्दै जाँदा राजनीति नै सबै नीतिहरूको राज गर्ने नीति रहेछ; समाज, गाउँ क्षेत्रको विकास र मानव जातिको सर्वाङ्गीण विकासका लागि नेतृत्व तहमा पुग्न सकेको खण्डमा मात्र चाहेजसो गरी काम गर्न सकिनेछ भन्ने हेतुले राजनीति मार्फत् जनताको सेवा गर्नका लागि राजनीतिमा प्रवेश गर्नुभयो। समाजिक क्षेत्रमा संग्लनताः विभिन्न समाजिक संघ संस्थामा आवद्ध रहि सामाजिक क्षेत्रमा निरन्तर योगदान र सेवा गरिरहनु भएको छ। भैपरी आउने प्राकृतिक विपत्तिका समयमा राहत, उद्दार र पुर्नस्थापनाका कार्यमा सक्रिय सहभागिता जनाउँदै आफ्नो सामाजिक सेवाको भावलाई प्रस्तुत गरिरहनु भएको छ। विभिन्न क्षेत्रमा गरेको योगदानः खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कार्यमा सदैव क्रियाशील रहनु भएको छ। आफै पनि भलिबल तथा कराते खेलको खेलाडी भएकोले खेलकुद र खेलाडीको विकासका लागि विशेष रुचि र प्रतिवद्धता रहेकोछ। |
|
© सर्वाधिकार सुरक्षित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय
Powered By: ProActive Developers